बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली सई भन्दै ठगी गर्ने पक्राउ

मङ्गलबार, २० मङ्सिर २०७९, १६ : ०७
मङ्गलबार, २० मङ्सिर २०७९

नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफुलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका– ३ बाट पक्राउ गरि सोमबार सार्वजनिक गरिएको हो । कन्दङवाको साथबाट एक थान मोबाइल, नगद रु सत्र हजार र को ३२ प ५९८९ नं को मोटरसाइकल  समेत बरामद गरिएको प्रनाउ गौतमले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप