सीपीसीको बैठकपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए हु जिन्ताओ
पूर्वचिनियाँ नेता हु जिन्ताओ अक्टोबरको दोस्रो साता कम्युनिष्ट पार्टीको शीर्ष बैठकबाट नाटकीय रूपमा बाहिर निस्किएपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका छन् । आफ्ना पूर्ववर्ती जियाङ जेमिनलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनी सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।
सोमबार बिहान हु अन्य शीर्ष नेताहरूसँग बेइजिङको चिनियाँ जनमुक्ति सेना जनरल अस्पतालमा जियाङलाई अन्तिम श्रद्धाञ्जली दिन उपस्थित भएका थिए । अक्टोबरमा सीपीसी कंग्रेसको समापन समारोह चलिरहँदा हुलाई कुर्सीबाट उठाएर बाहिर लगिएको थियो, जसलाई असामान्य घटना मानिएको थियो । उक्त बैठकले सी जिनपिङलाई नेताको रूपमा ऐतिहासिक तेस्रो कार्यकाल सुम्पिएको थियो ।
हु अस्वस्थ भएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका थिए । श्रद्धान्जलिपछि उनी सहयोगीको साथमा अस्थिर भएर हिँडेका देखिन्थे । उनले जियाङकी श्रीमतीसँग केहीबेर गफ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु