जाडोमा प्यारो घाम (फोटोफिचर)
मङ्गलबार, २० मङ्सिर २०७९, १५ : ०३
![जाडोमा प्यारो घाम (फोटोफिचर)](https://rpcdn.ratopati.com/media/albums/sun_bathe_10_TNjqd31djP.jpg)
मङ्सिर महिना सकिन लाग्दा देशभर चिसो बढेको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसभन्दा तल पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जाडो बढेसँगै मानिसहरूलाई घाम प्यारो लाग्न थालेको छ। दिउँसो खुला चौरमा मानिसहरू घाम तापेर गफिँदै गरेको देख्न सकिन्छ । हेरौँ फोटो पत्रकार सुवास श्रेष्ठले कैद गरेका तस्बिरहरू :