बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाको मतगणनापछि समानुपातिकमा रास्वपा र जनमत पार्टीले गुमाए एक–एक सिट

मङ्गलबार, २० मङ्सिर २०७९, १४ : ४१
मङ्गलबार, २० मङ्सिर २०७९

दोलखाको मत गणनापछि समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एक एक सिट गुमाएका छन् । त्यसको फाइदा नेपाली कांग्रेस र नेकपा एमालेलाई भएको छ । ती पार्टीले एक–एक सिट बढाएका छन् । 

समानुपातिक तर्फको हालसम्मको १ करोड ५ लाख ६० हजार ६७ मतगणना हुँदा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । जसअनुसार एमालेले समानुपातिकमा ३४ सिट पाउने पक्का भएको छ । यस्तै २७ लाख १५ हजार २२५ समानुपातिक मत पाएको कांग्रेसले ३३ सिट पाउने निश्चित भएको छ । 

यस्तै ११ लाख ७५ हजार ६८४ मत पाउँदा समानुपातिकमा माओवादी केन्द्रले १४ सिट, ११ लाख ३० हजार ३३४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, ५ लाख ८८ हजार ८४९ मत पाउँदा राप्रपाले ७ सिट, ४ लाख २१ हजार ३१३ मत पाएर जनता समाजवादी पार्टीले ५ सिट र ३ लाख ९४ हजार ६५५ मत पाई जनमत पार्टीले ४ सिट पाउने भएको हो । 

दोलखाको मतगणना अघि रास्वपाले १४ र जनमत पार्टीले ५ सिट पाउने देखिएको थियो भने एमालेले ३३ र कांग्रेसले ३२ सिट पाउने देखिएको थियो । 

हाल बाजुरा जिल्लाको समानुपातिक तर्फको मतगणना कार्य भइरहेको छ । भोलिसम्म गणना सकिने भएपनि दलहरुले हालसम्मको अवस्थामा पाउने सिटमा तलमाथि नहुने निर्वाचन आयोगको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप