शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

१२ औं तहमा बढुवाका लागि २१ जनाले दिए स्वास्थ्य मन्त्रालयमा आवेदन

मङ्गलबार, २० मङ्सिर २०७९, १४ : ३७
मङ्गलबार, २० मङ्सिर २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा खाली रहेको बाह्रौं तहमा (अतिरिक्त सचिव) बढुवाका लागि २१ जनाले आवेदन बुझाएका छन् ।  मन्त्रालयले गएको कात्तिक ३० गते बाह्रौँ तहमा बढुवाका लागि आवेदन माग गरेअनुसार योग्यता पुगेका २१ जनाले विवरण बुझाएका हुन् । 

 मन्त्रालयमा डा. गुणराज लोहनी र डा.श्यामसुन्दर यादवको स्थानमा सो दरबन्दी रिक्त छ । आवेदन दिएकामध्ये दुई जनालाई कम्तीमा ५ वर्षसम्म एघारौँ तहमा सेवा गरेकाको तथा कार्यक्षमता मूल्यांकनका आधारमा मन्त्रिपरिषद्ले बढुवा गर्ने छ ।

आवेदन दिनेमा मन्त्रालयका डा.कृष्णप्रसाद पौडेल, डा.नारायण ढकाल, डा.सञ्जय ठाकुर, आयुर्वेद तथावबैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.वासुदेव उपाध्याय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्दका निर्देशक डा.सुधा देवकोटा, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौला रहेका छन् । 

यस्तै, कान्ति बाल अस्पतालका डा.अजित रायमाझी, परोपकार प्रसूति अस्पतालका डा. अमिरबाबु श्रेष्ठ, वीर अस्पतालका डा. सरोज शर्मा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.मनीषा रावल, राष्ट्रिय ट्रमा सेन्टरका डा.रुद्र मरासिनीले पनि बढुवाका लागि आवेदन दिएका हुन् ।

उता, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रदेश अस्पताल भद्रपुरका डा. टंक बराकोटी, गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका डा. विनोदविन्दु शर्मा, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्का, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा. विनोदकुमार गिरी, भेरी अस्पतालका डा.राजन पाण्डे, प्राध्यापक दुर्गा लक्ष्मी श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका डा. केशरबहादुर ढकालले पनि आवेदन दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप