अभिनयमा फर्किए रामचन्द्र अधिकारी
मङ्गलबार, २० मङ्सिर २०७९, १४ : ३१
कलाकार रामचन्द्र अधिकारी अभिनयमा फर्किएका छन् । करिब तीन महिना अगाडि ‘मेरी बास्सै’ को सुटिङको क्रममा स्वास्थ्यमा समस्या देखिएको कारण अस्पताल भर्ना भएका उनी ठीक भएर अभिनयमा फर्किएका हुन् ।
ठीक भएपछि गत शनिबार ‘कान्छी’ र बिहीबार ‘मेरी बास्सै’ को सुटिङ गरेको अधिकारीले बताए । ‘पहिले भन्दा अहिले स्वास्थ्य अवस्था एकदमै ठीक छ । कमजोरी फिल भने भएको छ’ अधिकारीले भने, ‘बिहानै सुटिङमा जान समस्या छ । खान खानु अगाडि एउटा इन्जेक्सन दिनुपर्छ । अन्य केही समस्या छैन ।’ अव नियमित अभिनय गर्ने उनले जानकारी दिए ।
अधिकारी बिरामी परेको कारण ‘मेरी बास्सै’ले उनको अभाव दर्शकलाई महसुस नहोस् भनेर बडाकाजीको रोलमा पाका कलाकार मुकुन्द श्रेष्ठ भित्र्याएको थियो । कान्छीले भने केही कथा परिमार्जन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’