शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जियाङ जेमिन : चीनले पूर्व राष्ट्रपतिलाई दियो अन्तिम बिदाई

मङ्गलबार, २० मङ्सिर २०७९, १३ : ५६
मङ्गलबार, २० मङ्सिर २०७९

चीनले राजधानी बेइजिङमा आफ्ना पूर्व राष्ट्रपति जियाङ जेमिनलाई अन्तिम बिदाई दिएको छ ।

सन् १९८९ मा तियानमेन स्क्वायरमा प्रदर्शनकारीमाथि भएको कारवाहीपछि जियाङले सत्ता हातमा लिएका थिए । उनलाई चीनको अर्थतन्त्रको प्रगतिका लागि सधैं सम्झना गरिन्छ ।

उनको शासनकालमा नै चीन विश्व व्यापार संगठनको हिस्सा बन्यो । उनकै कार्यकालमा बेलायतले हङकङ चीनलाई सुम्पेको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीले जियाङ जेमिनको बुधबार मृत्यु भएको जनाएको छ । उनी ९६ वर्षका थिए । उनको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन पिङले ग्रेट हल अफ द पिपलमा जियाङ जेमिनको सम्झनामा करिब एक घण्टा भाषण दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप