शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इन्गेजमेन्ट टुटेपछि केल्मी ब्राण्डको सोरुम सञ्चालिकाको जलेर मृत्यु

आत्महत्या दुरुत्साहनको आरोपमा युवक पक्राउ
मङ्गलबार, २० मङ्सिर २०७९, १३ : ४६
मङ्गलबार, २० मङ्सिर २०७९

दरबारमार्ग स्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका २७ वर्षीया पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ । धुम्बाराही घर भएका सुधन सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेकी पुष्पाले १८ मङ्सिरमा केटाको घर अगाडी गएर पेट्रोल छर्केर आफैंलाई आगो लगाएकी थिइन् ।

प्रहरीले उद्धार गरेर उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । शिक्षण अस्पतालले उनलाई कीर्तिपुरमा रिफर गरेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार उनले ज्यान गुमाइन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वर घर भएकी पुष्पाले २०७९ भदौ १८ मा सुधनसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर, केटा पक्षले कार्तिक १७ मा इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरे । त्यसपछि दुई पक्षबीचको विवाद उत्कर्षमा पुग्यो ।

आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले सुधनलाई पक्राउ गरेको छ । सुधनविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले सुधन सहित उनको परिवारका थप ३ जनालाई पक्राउ गरे पनि अदालतले अरूलाई जिम्मा जमानीमा छाड्न आदेश गरेको छ ।

घटनाबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ । पुष्पाको सोमबार बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप