बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छापामार शैलीमा मन्त्रालय दाङ सारेको भन्दै एमालेको आपत्ति

राजधानी सार्नुको विकल्प छैन–मन्त्री खड्का
मङ्गलबार, २० मङ्सिर २०७९, १३ : ३६
मङ्गलबार, २० मङ्सिर २०७९

लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले राजधानी सार्नुको विकल्प नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जिकिर गरेका हुन् ।

उनले राप्ती,भेरी र लुम्बिनीको भावनालाई समेटेर लुम्बिनी प्रदेशको नाम र राजधानी तोकिएको बताउँदै राजधानीको विषयलाई अतिरञ्जित ढङ्गले व्याख्या नगर्न सबैलाई आग्रह गरे । मन्त्री खड्काले दाङको राप्ती उपत्यका देउखुरीमा निर्मित प्रदेश सभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रदेश मातहतका मन्त्रालयहरू औपचारिक कार्यक्रमका साथ प्रदेश सरकार अगाडि बढ्ने बताए ।

मन्त्री खड्काले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले देशको संविधान , राष्ट्रिय स्वाधीनता र व्यवस्था माथि दरार पैदा गरेर प्राप्त उपलब्धिहरू नै गुम्ने खतरा बढेको बताए । 

यसअघि नेकपा एमालेका नवनिर्वाचित प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरू सारिनु गलत भएको बताए । श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसँग छलफल नै नगरी सेवाग्राहीलाई नै असर पर्ने गरी प्रदेश सरकार अघि बढ्नुले  राम्रो सन्देश नदिने जिकिर गर्दै सरकार गैरजिम्मेवारी कामबाट फर्किनुपर्नेमा जोड गरे । 

उनले जनताको जनमत प्राप्त प्रतिनिधिहरूको भावनालाई कुल्चेर बिना पूर्वाधार नै बलजफ्ती ढङ्गले मन्त्रालय सारिनुले आउने पुस्तालाई समेत नकारात्मक सन्देश जाने बताए । उनले देशको अर्थतन्त्र नै खलबलिएको अवस्थामा राज्यको करोडौँ रकम खर्चेर मुलुकलाई थप आर्थिक भार दिने गरी प्रदेश सरकार अघि बढ्नुले सुशासन माथि नै गम्भीर प्रश्न उठेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप