बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा अब 'विवाह अघिको सेक्स र विवाहइतर सम्बन्ध' अपराधको श्रेणीमा

मङ्गलबार, २० मङ्सिर २०७९, १२ : ५२
मङ्गलबार, २० मङ्सिर २०७९

विवादबीच इन्डोनेसियाको संसद्ले विवादभन्दा अघिको यौनसम्बन्ध र विवाहइतर सम्बन्धलाई अपराधको श्रेणीमा समावेश गर्ने कानुन पास गरेको छ । अब यसमा दोषी पाइए जेल सजायसम्म हुनेछ ।

यद्यपि, इन्डोनेसियाका कानुनमन्त्रीले यो नयाँ नियम तीन वर्षपछि मात्र लागु हुने स्पष्ट पारे । नयाँ कानुनमा अधिकांश सांसदले समर्थन जनाएका थिए । समाचार एजेन्सी एएफपीले इन्डोनेसियाका सामाजिक अभियनताहरुले नयाँ कानुनको विरोध गरिरहेका छन् । मुस्मिल बहुल देशमा नागरिकको स्वतन्त्रा खोसिने उनीहरुले बताइरहेका छन् ।

इन्डोनेसियाको नयाँ दण्ड संहिताको सबैभन्दा विवादास्पद बुँदाहरू मध्ये एकले विवाहपूर्व यौनसम्बन्ध र विवाहइतर हुने सम्बन्धलाई अपराधीकरण गरेको छ। नयाँ आपराधिक कानुनका आलोचकहरूको  डर छ कि यी नियमहरूले इन्डोनेसियामा बस्ने एलजीबीटीक्यू समुदायमा ठूलो प्रभाव पार्नेछ, जहाँ समलिङ्गी विवाह अझै कानुनी छैन।

कानुन मन्त्रालयका प्रवक्ता अल्बर्ट एरिसले भने यसले विवाह जस्तो पवित्र संस्थाहरूलाई जोगाउने बताए। उनले विवाहपूर्व र विवाहइतर यौनसम्पर्कमा पति वा पत्नी, आमाबुवा वा छोराछोरीले उजुरी गर्न सक्ने बताए ।
बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप