शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनएमबि बैंकको नगद लाभांश घोषणा

मङ्गलबार, २० मङ्सिर २०७९, १२ : २३
मङ्गलबार, २० मङ्सिर २०७९

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट वितरण गर्ने  लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायाम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण गरिने बैंकले जनाएको छ ।

 ८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ ६४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो  । साथै कम्पनीले बोनस सेयर प्रस्ताव गरेको छैन  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप