लिबियाको तटबाट छ सय ३३ आप्रवासीको उद्धार
आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ ।
यहि २०२२ नोभेम्बर २७ देखि डिसेम्बर ३ को अवधिमा ६३३ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइएको आईओएमले एक विज्ञप्तिमार्फत जनाएको हो । सन् २०२२ को शुरुबाट हालसम्म एक हजार ८९ महिला र छ सय ७८ बालबालिकासहित कुल २१ हजार चार सय ५७ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले जनाएको छ ।
यसवर्ष अहिलेसम्म कूल पाँच सय १७ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ भने आठ सय ३० जना मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट बेपत्ता भएका आईओएमले थप जानकारी दिएको छ ।
सन् २०२१ मा कुल ३२ हजार चार सय २५ गैरकानूनी आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइयो । सन् २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ ।
यस उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पारगरी युरोपेली किनारमा जान चाहने अनियमित आप्रवासीहरूको लागि प्रस्थानको एक केन्द्रबिन्दु बनाएको छ । रासस/सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प
-
यी हुन् नेपाल–कतारबिच भएका सहमति र सम्झौताहरू (पूर्णपाठसहित)
-
रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार