शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केसीद्वारा प्युठानको स्कुलमा कम्प्युटर ल्याब हस्तान्तरण

मङ्गलबार, २० मङ्सिर २०७९, ११ : ०३
मङ्गलबार, २० मङ्सिर २०७९

अमेरिकामा रहेको संस्था एएनएमएका अध्यक्ष तिलक केसीले प्युठानमा कम्प्युटर ल्याब स्थापनापछि हस्तान्तरण गरेका छन् । केसीले जनविकास आधारभूत विद्यालयलाई शनिबार कम्प्युटर ल्याब हस्तान्तरण गरेका हुन् । 

१० वटा कम्प्युटर, एउटा प्रिन्टर र एउटा प्रोजेक्टर भएको ल्याब एएनएमएको ‘एक प्रदेश एक कम्प्युटर ल्याब’ अभियान अन्तर्गत निर्माण भएको हो । प्युठानको ल्याब निर्माणका लागि संस्थाका देव बास्तोताले सहयोग गरेका थिए । 

संस्थाका कोषाध्यक्ष डा ओम दाहालको कोलम्बस म्याराथन अभियान अन्तरगत हालसम्म विभिन्न प्रदेशमा गरी १० वटा ल्याबको स्थापना भएका छन् भने त्यस्तो ल्याब एउटा प्रदेशमा कम्तीमा एउटा पारिएको केसीले जानकारी दिए । 

संविधानसभा सदस्य हिरा केसी र केसीले संयुक्त रुपमा उद्घाटन गरेको ल्याब हस्तान्तरण कार्यक्रममा स्कुलका प्रधानाध्यापक तुलसा आचार्यसहितका सरोकारवालाको सहभागिता रहेको थियो । केसी जनप्रगतिशील मञ्च अमेरिकाका अध्यक्ष पनि हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप