ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो ।
स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचर्डलिसन र लुकास पाकिउटले एक–एक गोल गरे । यता दक्षिण कोरियाका लागि पिका सेउङले एक गोल फर्काए ।
ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३औं मिनेटमा नेयमारले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
खेलको २९औं मिनेटमा रिचर्डलिसनले ब्राजिलका लागि तेस्रो गोल गरे । खेलको ३६औं मिनेटमा लुकास पाकिउटले गोल गर्दै ब्राजिललाई ४–० गोलको अग्रता दिलाए ।
यता दक्षिण कोरिकाका लागि खेलको ७६औं मिनेटमा पिक सेउङले गोल गरेपनि ब्राजिलले ४–१ गोलको जित निकाल्न सफल भयो । अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता र लखनउको खेलको मिति सारियो
-
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
-
पत्रकार हत्या र संचारगृहमाथिको आक्रमण प्रति पत्रकार महासंघ मकवानपुरको विरोध
-
राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिन्छ : गृहमन्त्री
-
माओवादी केन्द्रीय कार्यालय पुगेर गृहमन्त्री लेखकले भने– उद्दण्डताविरुद्ध एक भएर प्रतिवाद गर्नुपर्छ
-
पश्चिम बंगालको माल्दामा हिंसा : इन्टरनेट बन्द, ३४ जना पक्राउ