शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लेकसाइडका ६ होटल रेष्टुरेन्टले पाए उत्तम स्टिकर

सोमबार, १९ मङ्सिर २०७९, २२ : ४०
सोमबार, १९ मङ्सिर २०७९

पोखरा लेकसाइडका १४ होटल तथा रेष्टुरेन्टलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले स्वच्छता मूल्यांकन गरेर स्तरीकरण प्रमाण पत्र दिएको छ । लेकसाइडका १४ मध्ये ६ होटल तथा रेष्टुरेन्टले स्तरीकरणको तह ‘उत्तम’ पाएका हुन् । 

रेष्टुरेण्टको वर्गीकरणका लागि ५० वटा प्रश्नावली उल्लेख छ । उक्त प्रश्नावली र अति उत्तम श्रेणीको होटेल रेष्टुराँले तीन वटा तारा र हरियो स्टिकर पाउनेछ । यो लोगो पाउन होटेल रेष्टुरेण्टले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ । तर, पोखराका कुनै पनि होटल रेष्टुरेन्टले अति उत्तमको स्टिकर पाएनन् । 

बरु उत्तम श्रेणीको दुईवटा तारा र हरियो स्टीकर पाएका छन् । यो लोगो पाउन ८० भन्दा माथि ८९ सम्मको अंक प्राप्त गर्नुपर्ने हुन्छ । उत्तम पाउनेमा माउन्ट कैलाश रिसोर्ट, फ्रेस इलिमेन्ट, वर पिपल रिसोर्ट, होटल सरोवर, टेम्पल ट्री र अथिति रिसोटले दुईवटा तारयुक्त हरियो स्टीकर पाएको कार्यालयलका प्रमुख शिवजी बरालले जानकारी दिए ।

योसँगै कार्यालयले पोखराले होटल तथा रेष्टुरेन्ट स्तरीकरणको थालेको हो । कार्यालयले अहिले देशभरिका होटल रेष्टुरेन्टलाई अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरेर वर्गीकरण गरिएको छ ।  त्यस्तै, सन्तोषजनकको लोगो पाउन ६५ देखि ७९ बीचको अंक प्राप्त गर्नुपर्छ । यस्तो होटेल रेष्टुरेण्टले एउटा तारा र हरियो स्टिकर पाउँछन् ।

लेकसाइडका ८ होटेल रेष्टुरेण्टले सन्तोषजनकको स्टिकर पाएका छन् । मेड फाइभ, हौबर क्याफे, प्याराडिसो, डुगा रिसोर्ट, मुन डान्स, होटल साभा, होटल कौसी र होटल आइसल्यान्डले हरियो स्टिकर पाएका हुन् । सामान्य श्रेणीको लोगोमा सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यसमा ५० देखि ६४ बीचको अंक प्राप्त गर्नुपर्छ । यसलाई सामान्य श्रेणीमा राखिएको बरालले जानकारी दिए । व्यवसायीले लोगोको प्रकृति बमोजिम प्रतिवद्धता जाहेर गरेर स्तरीकरण लोगो पाएका हुन् । 

यसरी दिइएको स्तरीकरणको स्टिकर एक वर्षका लागि मान्य हुनेछ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरेको खाद्य स्वच्छताका आधारमा होटल, रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिकाका अनुसारको खाद्य स्वच्छता कायम नगर्ने व्यवसायीको लोगो प्रमाणपत्र जफत, परिवर्तन वा फिर्ता हुनसक्ने व्यवस्था छ ।

यो अभियानमा पृथ्वी चोकका १७ होटल एण्ड रेस्टुरेन्टले उत्तमको स्टिकर पाएका छन् । निरीक्षणमा मापदण्ड पूरा नभई सुधार गर्नुपर्ने भेटिएका होटलहरुलाई सुधार गर्न निर्देशन दिइने शिवजी बरालले बताए । कामदारको व्यक्तिगत सरसफाइ, भान्छा, रेष्टुरेन्टमा बसेर खाने ठाउँ, भण्डारणसम्मको सरसफाइ हेरेर मूल्यांकन गरिने बरालले बताए । खानामा दिइने गुणस्तरियता, खाना बनाउन प्रयोग गरिने तेल लगायत सामग्री के कस्तो प्रयोग गरिएको छ भन्नेलगायतको जाँच गरेर मूल्याङ्कन गरिएको छ । पहिलो चरणमा १४ आएको र अब सबै होटल रेष्टुरेन्टले स्तरीकरण गर्नुपर्ने बरालको भनाइ छ ।

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिल कोइरालाले होटल व्यवसायीले ग्राहकलाई उपलब्ध गराएको खाद्य गुणस्तरका आधारमा स्टिकर प्रदान बताए । उनले प्रत्येक वर्ष गुणस्तरका आधारमा मूल्यांकन गरिने उनको भनाइ छ । अनुगमन र निरीक्षणका क्रममा कैफियत देखिए एक महिना सुधारको मौका दिने र उक्त अवधिमा पनि सुधार भएको नपाइए श्रेणीअनुसार एक तह घटुवा गर्ने व्यवस्था निर्देशिकामा छ ।

स्तरीकरणमा मापदण्ड होटल व्यवसायीले ग्राहकलाई उपलब्ध गराएको गुणस्तर अनुसार आफैले राख्ने नम्बर भएको कोइरालाको भनाइ छ । लोगो प्रमाणपत्र पाउने खाद्य व्यवसायीले म्याद सकिएको तीन महिनाभित्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कोइरालाले यसअघि पृथ्वीचोक र अहिले लेकसाइडमा सुरु गरिएकाले आफ्नो व्यवसायीलाई ग्राहक मार्फत चिनाउने अवसर पनि भएको उनले सुनाए । उनले भने, ‘स्टिकर टाँस्दा ग्राहकले कुन रेष्टुरेन्ट व्यवासयी कस्तो चिन्ने मौका हो । यसले व्यवसायीलाई सुधार गर्ने मौका दिन्छ । आफ्नो व्यवसायीलाई प्रमोसन गर्ने असर पनि हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप