बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति
पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले सोमबार उल्लेख गरेका छन् ।
‘पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो। बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा ठूलो बोझ बन्ने गरेको मन्त्रीले यहाँ आयोजित राष्ट्रिय बाढी प्रतिक्रिया केन्द्रको कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
इकबालले सामाजिक सहयोगबाट सरकारले बाढीको सङ्कटबाट अधिकांश आफ्नै स्रोत साधनले बाहिर उम्कन सफल भएको यद्यपि चुनौती अझै समाप्त नभएको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र परोपकारीहरुलाई बाढीपीडितलाई सहयोग जारी राख्न आग्रह गरेका छन् ।
उनले सरकारले पाकिस्तानलाई जलवायु प्रतिरोधी देश बनाउने खाका तयार पारेको बताउँदै अन्तर्राष्ट्रिय समुदायमा पनि यो ढाँचा प्रस्तुत गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा