क्रोएसियामाथि पहिलो हाफमा जापानको अग्रता
सोमबार, १९ मङ्सिर २०७९, २१ : ३८
विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेलमा जापानले क्रोएसियामाथि पहिलो हाफमा अग्रता बनाएको छ । अल जनोब स्टेडियममा भइरहेको खेलमा जापानले क्रोएसियामाथि पहिलो हाफमा १–० गोलको अग्रता बनाएको हो ।
जापानका लागि खेलको ४३ औं मिनेटमा डाइन मेन्जाले गोल गर्दै अग्रता दिलाएका हुन् ।
आजको खेलमा जित निकाल्दै जापान क्वाटरफाइनलमा पुग्ने योनजामा छ । यता साविकको उपविजेता टोली क्रोएसिया पनि आजको खेलमा जित निकाल्दै आफूलाई यो संस्करणको उपाधि दावेदारको रुपमा प्रस्तुत गर्न चाहन्छ ।