काठमाडौं महानगरले ११ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनायो
३२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गर्दै काठमाडौँ महानगरपालिकाले आज ११ औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस मनाएको छ । राष्ट्रियसभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक वडाबाट १ जना पर्ने गरी सिफारिस भएर आएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख शाह, उपप्रमुख डंगोल र प्रमुख प्रशासकीय अधिकृत अधिकारीले महिला स्वास्थ्य स्वयमसेविकाले जनताको घरमा महानगरको उपस्थिति देखाउनुभएको भन्दै प्रशंसा गरे । ‘स्थानीय सरकार नागरिकको आगनको सरकार हो । नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ । आधारभूत स्वास्थ्य सेवा दिन होस या महामारी नियन्त्रणको अभियान लिएर होस् । तपाईँहरू स्वस्थ्य समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ । तपाईँहरूको यो योगदान अतुलनीय छ’ प्रमुख शाहको भनाइ थियो ।
त्यसक्रममा उपप्रमुख डंगोलले, समाजका समुदाय समुदायभित्र स्वास्थ्यको पहुँच पुर्याउनमा महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका ठूलो रहेको बताइन् । ‘घर घरमा कसलाई कस्तो समस्या छ भनेर लगत भएका स्वयमसेविकाहरुलाई महानगरले कम आंकलन गरेको छैन । हामी गर्दैनौँ’ उपप्रमुख डंगोलले भनिन्– ‘महामारीजस्तो कठिन समयसँग जुध्नका लागि यहाँको क्रियाशीलताले समस्या व्यवस्थापनमा उल्लेखनीय टेवा पुगेको छ ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पनि धारणा राखेका थिए । काठमाडौँ महानगरपालिकामा स्वयमसेविकाहरुको व्यवस्थापनका लागि निर्देशिका जारी गर्न कार्यपालिकाबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ ।
स्वास्थ्य विभागका प्रमुखका अनुसार २०५१ सालबाट महानगरमा सुरु भएको स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थितिलाई निर्देशिकाले व्यवस्थित गर्नेछ । उनका अनुसार महानगरमा ५५८ जना स्वास्थ्य स्वयमसेविका रहेकोमा अहिले घटेर ५२८ पुगेको छ । कोही विदेश गएकोले, कसैको मृत्यु भएकाले संख्या घटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा