रुपन्देहीमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सोमबार, १९ मङ्सिर २०७९, २० : ३९
रुपन्देहीको शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
रा१ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु २०प १९ ५७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिँदा रुपन्देहीकै बुटवल–१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।
ट्रिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । -न्युज कारखाना