शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल

सोमबार, १९ मङ्सिर २०७९, २० : २०
सोमबार, १९ मङ्सिर २०७९

राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल भएको छ । लालु यादवका छोरा तथा बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले अस्पतालबाट शल्यक्रियापछिको भिडियो ट्वीट गरेका छन् ।

उनले अहिले लालुप्रसाद यादवलाई आईसीयूमा सारिएको बताएका छन् । दाता रोहिणी आचार्य र लालुप्रसाद यादव दुवै स्वस्थ छन् । लालु यादवको सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा शल्यक्रिया गरिएको छ । उनलाई मिर्गौला दिने उनकी छोरी रोहिणी आचार्य सिंगापुरमा बस्छिन् ।

गत महिना लालुप्रसाद यादव र उनकी छोरी रोहिणी आचार्यको मिर्गौला म्याच भएको थियो । राजद प्रमुख लालु लामो समयदेखि विभिन्न रोगबाट पीडित छन् । उनलाई मधुमेह र उच्च रक्तचाप जस्ता रोग पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप