शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यान्त्रिक अवस्था ठीक नभएका ४९ सवारी कारबाहीमा

सोमबार, १९ मङ्सिर २०७९, १९ : ०२
सोमबार, १९ मङ्सिर २०७९

काठमाडौँको चुच्चेपाटी र कलंकीमा सोमबार दिउँसो गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नभएका बस, माईक्रोबस, पानी ट्याङकर, मिनी ट्रक र पिकअप भ्यान लगायतका ४९ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार तालिम प्राप्त दक्ष प्राविधिक सहितको टोलिद्वारा आज दिउँसो दुई सय (२००) वटा सवारी साधन चेकजाँच गर्दा ब्रेकको अवस्था ठीक नभएका, वाईफर ठीक नभएका, लाईटहरु नभएका,र टायर धेरै घिसिएका ४९ वटा सवारी साधनलाई कारबाही गरिएको हो ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न ट्राफिक प्रहरीले समय-समयमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा सवारी साधनको यान्त्रिक अवस्था चेकजाँच गर्दै आएको छ । 

त्यस्तै आजै ट्राफिक प्रहरीले तीब्र गतिमा सवारी साधन चलाउने ३९ जना चालकलाई पनि कारबाही गरेको छ । ललितपुरको सानेपा र भक्तपुरमा गरिएको चेकिङमा तोकिएको गति भन्दा बढी गतिमा सवारी साधन चलाएका चालकलाई कारबाही गरिएको हो । साथै बम्पर गार्ड ननिकालिएका ११८ वटा सवारी साधनलाई पनि आजै ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप