चुनावमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनको निष्कर्ष

मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनले निष्कर्ष निकालेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको हो । प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा हुँदा र समानुपातिक मतको ट्रेन्ड हेर्दा गठबन्धनको पक्षमा उत्साहजनक मत नआएको गठबन्धनको निष्कर्ष छ ।
बैठकले प्रतिनिधि र प्रदेश निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन्न गराएको भन्दै निर्वाचन आयोग र सरकारलाई धन्यवाद पनि दिएको एक नेताले जानकारी दिए ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल लगायत सहभागी थिए। बैठकमा लाेसपालाई बाेलाइएकाे थिएन । जनमाेर्चाबाट भने दुर्गा पाैडल सहभागी रहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलबाट १० किलो गाँजा बरामद
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
नागरिक उन्मुक्ति पार्टीले अझै टुंगो लगाउन सकेन मन्त्रीको नाम
-
४ वटा निजी विद्यालयमा वाणिज्य विभागको छापा
-
‘बिचौलियाको चलखेलका कारण सरकारले गभर्नर नियुक्त गर्न सकेन’
-
माया राई सहकारीमा हुँदा साढे २ करोड अपचलन, ३७ लाख ३५ हजार बिगो दाबीसहित मुद्दा दायर