शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको बैठकअघि माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

सोमबार, १९ मङ्सिर २०७९, ११ : ००
सोमबार, १९ मङ्सिर २०७९

चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । 

दुई नेताबीच खुमलटारमा भेट भएको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।​ यसैगरी, सोमबार नै प्रचण्डसँग एमाले सचिव रघुवीर महासेठले पनि भेटवार्ता गरेका छन् । महासेठ प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । एमाले अध्यक्ष केपी ओलीकै सल्लाहमा महासेठ प्रचण्डलाई भेट्न खुमलटार पुगेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप