शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड भेट्न खुमलटार पुगे एमाले सचिव

सोमबार, १९ मङ्सिर २०७९, १६ : ५०
सोमबार, १९ मङ्सिर २०७९

नेकपा एमालेका सचिव रघुवीर महासेठ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । सोमबार महासेठ  प्रचण्डलाई भेट्न पुगेका हुन् । 

चुनावी नतिजा आएसँगै सरकार गठनको रस्साकस्सी भइरहेका बेला महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  प्रचण्डको सचिवालयले छलफल भएको पुष्टि भएपनि थप विषय खुलाउन चाहेन । 

दुई दिन अघि बसेको माओवादी केन्द्रको बैठकमा नेताहरूले सरकार बनाउन सबै विकल्प खुला राख्ने भनेको थियो । तर भोलिपल्टै माओवादी यूटर्न हुँदै गठबन्धन भित्रबाटै सरकार बनाउन तयार रहेको बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप