बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विश्व कप : हावाको गतिमा दौडने फ्रान्सेली सुपरस्टार एम्बाप्पेकाे डरमा डिफेन्डर्स

सोमबार, १९ मङ्सिर २०७९, १६ : ५०
सोमबार, १९ मङ्सिर २०७९

सन् २०१८ को फिफा विश्वकप । अर्जेन्टिना र फ्रान्सबीच रुसको कजान एरिना स्टेडियममा खेलियो नकआउट म्याच ।

यो त्यहि खेल थियो जसले अर्जेन्टिनाको विश्वकपको फाइनल खेल्ने सपना चकनाचुर पारिदियो ।

यो खेलले अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीलाई आलोचनाको घेरामा राखिदियो धने फ्रान्सका १९ वर्षीय खेलाडी किलियन एम्बाप्पे अघि बढे, जसलाई फुटबलको अर्को स्टार खेलाडी भनियो ।

यो खेलमा अर्जेन्टिना ४–३ ले पराजित भयो र फ्रान्सको तर्फबाट यो खेलका फिनिसर बने एम्बाप्पे ।

एम्बाप्पेको सबैभन्दा ठूलो हतियार हो उनको गति । उनी यति उच्च गतिमा दौडन्छन् कि विपक्षी टोलीका डिफेन्डर्सको होस हवास नै उड्छ । उनी औसतमा करिब ३५ किलोमिटर प्रति घण्टाको गतिमा दौडन्छन् ।

उसको गतिलाई चुनौती दिनेहरू पनि छन्, तर एम्बाप्पेसँग गतिका साथै गोल हान्ने ‘किलर इन्स्टिङ्क्ट’ पनि छ ।

एम्बाप्पेको तुलना ब्राजिलका चर्चित फुटबलर पेलेसँग हुन थाल्यो जो सन् १९५८ को विश्व कपमा १७ वर्षको उमेरमा नै छाएका थिए ।

आज, चार वर्षपछि, एम्बाप्पे आफ्ना लागि गरिएको यो दाबीलाई कतारमा सही साबित गरिरहेको देखिएका छन् ।

२३ वर्षीय किलियन एम्बाप्पेको टोली फ्रान्सले आइतबार फिफा विश्व कप प्रतिस्पर्धाको प्रि–क्वार्टरफाइनल म्याचमा पोल्याण्डलाई ३–१ ले हराए ।

तर यस खेलको सबैभन्दा शक्तिशाली प्वाइन्ट तब आयो जब एम्बाप्पेले एकपछि अर्को गर्दै ७४ औँ र ९० औँ मिनेटमा गोल हाने र आफ्नो टिमलाई क्वार्टर–फाइनलमा पुर्याए ।

जिनेदिन जिदान, मिशेल प्लाटिनी, थियरी हेनरी र जस्ट फन्टेन – फ्रान्सेली टोलीले धेरै स्टार खेलाडीहरू देखेको छ ।

तर यस पटकको विश्वकपमा जिरु र एम्बाप्पे टिमका ती खेलाडी हुन्, जो जबरदस्त फर्ममा छन् । तर एम्बाप्पेले मैदानमा भिन्न खालको जादू चलाउँछन् ।

आइतबार भएको म्याचमा पोल्याण्डविरुद्ध एम्बाप्पे आफैँले दुई गोल त हाने नै, साथै पहिलो गोल हान्न ओलिवियर जिरुलाई सहज बनाइदिएका थिए ।

एम्बाप्पे – एक ‘म्याजिकल म्याच’ फिनिसर

खेलको अन्तिम मिनेटमा गोल गर्ने उत्कृष्ट कला एम्बाप्पेसँग छ ।

सन् २०१८ मा विश्व च्याम्पियन फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएको थियो ।

यो खेल पनि ६५ औं मिनेटमा एम्बाप्पेको गोलसँगै टुङ्गिएको थियो ।

पोल्याण्डविरुद्ध गरिएको दुई गोलसँगै एम्बाप्पे विश्वकपमा ९ गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

यो कीर्तिमान क्रिस्टियानो रोनाल्डो भन्दा धेरै हो र यो कीर्तिमान लियोनेल मेस्सीको कीर्तिमान बराबर हो, जसले विश्वकपमा अहिलेसम्म २३ खेलमा ९ गोल गरेका छन् ।

एम्बाप्पेले सन् २०१८ को पहिलो विश्वकपमा चार गोल गरेका थिए । उनले पेरुविरुद्ध पहिलो गोल गरे र योसँगै उनी विश्वकपमा गोल गर्ने फ्रान्सका सबैभन्दा कान्छो खेलाडी बने ।

कतारमा, एम्बाप्पेले अष्ट्रेलियाविरुद्ध आफ्नो पहिलो गोल गरे र फ्रान्सलाई डेनमार्क विरुद्ध २–१ ले जित दिलाउन आफ्नो बलियो फर्म जारी राखे । यस खेलमा दुबै गोल एम्बाप्पेले गरेका थिए ।

ट्युनिसियासँगको खेलमा फ्रान्स ०–१ ले पराजित भएपछि फ्रान्सेली प्रशिक्षकले एम्बाप्पेलाई वैकल्पिक खेलाडी बनाउने निर्णय गरेका थिए ।

केही समय अघिको पत्रकार सम्मेलनमा एम्बाप्पेले आफू विश्वकपका लागि प्यासोनेट भएको र लगातार दोस्रो पटक विश्व विजेताको ट्रफी उठाउन चाहेको बताए ।

उनले भने, ‘यो मेरो सपनाको प्रतियोगिता हो । यसमा खेल्न पाउँदा म आफूलाई भाग्यमानी महसुस गर्छु । मैले पूरा सिजन यसका लागि शारीरिक र मानसिक रूपमा तयार गरेको छु । अहिलेसम्म यो प्रतियोगिता राम्रो चलिरहेको छ, तर पनि हामी  त्यो उद्देश्यले धेरै पछाडि छौँ जुन हामीले हाम्रो टोलीको लागि र मैले आफ्नै लागि सेट गरेको छु । र त्यो हो यो उपाधि जित्नु ।’

यस विश्वकपमा एम्बाप्पेले पाँच गोल गरिसकेका छन् भने लियोनल मेस्सीले तीन र क्रिस्टियानो रोनाल्डोले एक गोल मात्र गरेका छन् ।

यस्तो अवस्थामा विज्ञहरुले उनलाई भविष्यको ‘फुटबल स्टार’ मान्न थालेका छन् र रोनाल्डो र मेस्सीपछि एम्बाप्पेमा मात्रै त्यो कदको स्टार खेलाडी बन्ने सम्भावना रहेको बताइएको छ ।

जब आमने–सामने हुनेछन् एम्बाप्पे र बेलिंघम

आइतबार फ्रान्स र इंग्ल्याण्डबीच विश्वकपको दोस्रो क्वाटरफाइनल खेल हुँदैछ । सबैको नजर २३ वर्षीय एम्बाप्पे र १७ वर्षीय इंग्ल्यान्डका उत्कृष्ट अट्याकिङ मिडफिल्डर जुड बेलिंघम हुनेछ ।

दुवै खेलाडीले उत्कृष्ट प्रदर्शनका आधारमा आ–आफ्नो टोलीलाई क्वाटरफाइनलमा पुर्याएका छन् ।

फुटबल विज्ञहरूले १७ वर्षीय बेलिङ्घमलाई वर्तमान समयको उत्कृष्ट मिडफिल्डर बताउँछन् ।

बेलिंघमले सेनेगलविरुद्ध आइतबार राति भएको खेलमा हाफ टाइम अघि जोर्डन हेन्डरसन र ह्यारी केनलाई गोल हान्न सजिलो पारिदिएका थिए ।

यस्तो अवस्थामा फ्रान्स र इंग्ल्याण्डको टोली आउँदो खेलमा मैदानमा उत्रिँदा हरेक फुटबल फ्यानको नजरमा दुई खेलाडी एम्बाप्पे र बेलिंघम हुनेछन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप