शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च गयो अख्तियार

सोमबार, १९ मङ्सिर २०७९, १६ : २८
सोमबार, १९ मङ्सिर २०७९

घुस तथा रिसवत लिई भ्रष्टाचार गरेको चारवटा मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मङ्सिर १९ गते सर्वोच्चमा पुनरावेदन गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् ।

विशेष अदालतले घुस तथा रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा हुकुमबहादुर ओलीविरुद्ध ९६ हजार ३ सय रुपैयाँ बिगो कायम गरी सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, अदालतले प्रतिवादीलाई सफाइ दिएको आयोगले जनाएको छ । आयोगले प्रतिवादी र निवेदकबीच भएको अडियो कुराकानीसहित घुस रकम रंगेहात बरामदसमेत गरेको जानकारी दिएको छ ।

त्यस्तै, विशेष अदालतले सफाइ दिएको शिवशंकर महतोको मुद्दामा पनि आयोगले पुनरावेदन गरेको छ । महतोविरुद्ध १० हजार हजार बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको थियो ।

त्यस्तै, हरिचन्दर ठाकुर र अरुणकुमार यादवविरुद्धको मुद्दामा पनि आयोगले पुनरावेदन गरेको आयोगले जानकारी दिएको छ । उनीहरूमाथि १५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो । दुवै प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएको थियो । सबै मुद्दामा प्रतिवादी विरुद्ध पर्याप्त प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले सफाइ दिएको आयोगको जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप