बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अफ्रिकी देशको संसदमा कुर्सी फ्याँकियो : महिला सांसदलाई थप्पड हान्दा विवाद, लात्ती, मुक्कासमेत चल्यो

सोमबार, १९ मङ्सिर २०७९, १६ : १८
सोमबार, १९ मङ्सिर २०७९

अफ्रिकी देश सेनेगलको संसदमा एक महिला सांसदलाई थप्पड हानेको विषयमा विवाद भएको छ । घटना डिसेम्बर २ को हो । एक सांसदले महिला सांसदलाई थप्पड हाने । यसपछि आक्रोशित महिला मन्त्रीले उनीमाथि कुर्सी हानिन् । त्यसपछि दुई सांसदबीच झडप भएको थियो ।

अब थाहा पाउनुहोस् संसदमा हंगामाको कारण...

संसदमा बजेट अधिवेशन चलिरहेको थियो । कारवाहीको क्रममा, सत्तारूढ दल बेन्नो बोक याकार (बीबीवाई) की महिला सांसद एमी नदिये गानिबीले राष्ट्रपति म्याकी सालको तेस्रो कार्यकालको विरोध गर्ने एक आध्यात्मिक नेताको आलोचना गरिन् । विपक्षी दलका सांसद मस्साता साम्बलाई यो कुरा मन परेन । उनी आफ्नो सिटबाट उठे र गनीबीलाई थप्पड हाने ।

अध्यात्मिक गुरुको आलोचनाबारे सांसद मसाता साम्बले भने, ‘एक सांसदले आध्यात्मिक गुरुको अपमान गरेकी छिन् । यो गलत हो । महिला सांसदले यो विषयलाई गम्भीरतापूर्वक लिइनन् । उनले कटाक्ष गर्दै यसलाई बेवास्ता गरिन् । यो साम्बालाई मन परेन र उनले महिला सांसदलाई थप्पड हाने ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप