बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् कर्णाली प्रदेशसभामा समानुपातिकतर्फका सम्भावित सांसद

सोमबार, १९ मङ्सिर २०७९, १५ : ३०
सोमबार, १९ मङ्सिर २०७९

कर्णाली प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ । एमाले १ लाख ८३ हजार ९९० मत प्राप्त गरी समानुपातिकतर्फ पहिलो स्थानमा छ भने नेपाली कांग्रेस १ लाख ७० हजार ७५६ मतसहित दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ प्राप्त गरेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले ३६ हजार ८२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ मत प्राप्त गरेको छ ।

यो आधारमा प्रत्यक्षतर्फ ५ सिट जितेको एमाले समानुपातिकमा पनि ५ सिट प्राप्त गर्ने छ भने प्रत्यक्षतर्फ ९ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा ५ सिट नै पाउने देखिन्छ । यस्तै प्रत्यक्षतर्फ ९ सिट जितेको माओवादीले समानुपातिकमा ४ सिट पाउने देखिएको छ । समाजवादी र राप्रपाले १÷१ सिट समानुपातिकमा पाउने छन् ।

कुन दलबाट को–को बन्दैछन् समानुपातिक सांसद ?

एमालेबाट कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल, दलिततर्फ दैलेख आठबीसकी गमता विक र पुरुषतर्फ सुर्खेत वीरेन्द्रनगरका बालाराम शर्मा समानुपातिक सांसद बन्ने देखिन्छन् । यस्तै दलित पुरुषतर्फ जाजरकोट नलगाडका नवेन्द्र नेपाली निर्वाचित हुने देखिएको छ ।

कांग्रेसबाट सुर्खेत वीरेन्द्रनगरकी जानकी सिंह, हुम्लाकी विजया बुढा, दैलेख चामुण्डाकी इन्द्रा कुमारी शाही, जनजातितर्फ सुर्खेतकी बलिमाया बुढा र दलितबाट सल्यानकी लक्ष्मी सुनार निर्वाचित हुने देखिन्छ ।

यस्तै माओवादी केन्द्रबाट कालिकोटकी यसोदा न्यौपाने, रुकुम पश्चिमकी मिलन खड्का रोका, जनजातिबाट हुम्लाकी जुम्कित लामा कार्की, दलितबाट डोल्पाकी उर्मिला विक निर्वाचित हुने देखिन्छ ।

नेकपा एकीकृत समाजवादी र राप्रपाबाट को निर्वाचित हुने भन्नेमा केही अन्योल देखिन्छ । खसआर्य पुरुषतर्फ समाजवादीबाट दैलेखका बरुनाथ योगी र राप्रपाबाट जुम्लाका रमानन्द आचार्यको नाम चर्चामा छ । तर महिला कोटा अनिवार्य पूरा गर्नुपर्ने भएकाले यी दुवै पार्टीबाट महिलाले नै प्राथमिकता पाउने देखिन्छ ।

संविधानमा व्यवस्था गरिएअनुसार प्रदेशसभामा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने हुन्छ । ३३ प्रतिशत संख्या पु¥याउनका लागि प्रदेशसभामा समानुपातिकबाट १४ जना महिला सांसद चुन्नुपर्ने हुन्छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ सांसद चुनिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप