शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलैया उपमहानगरपालिकाको ग्रेडर र ट्रयाक्टरको ब्याट्री चोरी

सोमबार, १९ मङ्सिर २०७९, १४ : ५७
सोमबार, १९ मङ्सिर २०७९

सिंचाइ कार्यालय परिसरबाट आइतबार राति कलैया उपमहानगरपालिकाको ग्रेडर र ट्रयाक्टरको ब्याट्री चोरी भएको छ । रातको समयमा पार्किङ गरेर राखिएको एउटा ग्रेडर र ५ वटा ट्रयाक्टरको ब्याट्री चोरी भएको हो ।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले  ग्रेडरको  १५० एम्पीयरको  दुईवटा र ट्याक्टरको सय एम्पियरको पाँच वटा  ब्याट्री चोरी भएको हो । उपमहानगरपालिकाले पछिल्लो एक महिनादेखि कलैया ५ स्थित सिंचाइ कार्यालय परिसरमा गाडी राख्दै आएको थियो । साहले लगभग ३ लाखको हाराहारीमा पर्ने ब्याट्री चोरी भएको जनाए । 

सिंचाइ कार्यालयको उक्त भवनमा कलैयास्थित अस्थायी ट्राफिक पोष्टमा कार्यरत ७ जना ट्राफिक प्रहरी र कलैया उपमहानगरपालिकाका ४ जना कर्मचारीहरू बस्दै आएका थिए । ट्राफिक प्रहरी र कर्मचारी बस्दै आएको कार्यालय परिसरबाट ब्याट्री चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले ब्याट्री चोरी भएको घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप