मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अनुमतिबिना सञ्चालित शिक्षण संस्था गर्नेलाई कारबाही गरिने

सोमबार, १९ मङ्सिर २०७९, १६ : ००
सोमबार, १९ मङ्सिर २०७९

चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई शिक्षण संस्था सञ्चालन गर्नेलाई कारबाही गरिने भएको छ । अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

 विद्यार्थी, अभिभावक र सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्न, नगराउन पनि आयोगले आग्रह गरेको छ ।

प्रचलित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ विपरीत हुने गरी भर्ना गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुने गरिने आयोगका सदस्य सचिव डा. भोजराज शर्मा काफ्लेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप