बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यू–१९ क्रिकेट : लुम्बिनीसँग सुदूरपश्चिमको बदला

सोमबार, १९ मङ्सिर २०७९, १३ : ४८
सोमबार, १९ मङ्सिर २०७९

अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । डिफेन्डिङ च्याम्पिपयन लुम्बिनीलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले यो उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

लुम्बिनीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य सुदूरपश्चिमले मात्र २१ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले सर्वाधिक ३९ रन बनाए । उनलाई दीपक बोहोराले २५ रन बनाएर राम्रो साथ दिए । लुम्बिनीका लागि रमेश कुर्मीले २ तथा निर्मल गुरुङले एक विकेट लिए ।

यसअघि मिलन बोहराको घातक बलिङसामु लुम्बिनी २९.१ ओभरमा ९२ रनमा अलआउट भएको थियो । बोहराले १५ रन खर्चेर ५ विकेट लिए भने हेमन्त धामीले २ विकेट लिए । लुम्बिनीका लागि आकाश त्रिपाठीले ३८ तथा नर सार्कीले ११ रन बनाए ।

समूह चरणको खेलमा अपराजित रहँदै सुदूरपश्चिम फाइनल पुगेको थियो भने डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनलको यात्रा तय गरेको हो । लुम्बिनी र सुदूरपश्चिमबीचको गत वर्षको फाइनल खेल लुम्बिनीले १ सय १३ रनले जितेको थियो । यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदूरपश्चिमसँग १ सय रनले पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप