बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छायांकन सकाउने तयारीमा ‘छक्का पन्जा ४’

सोमबार, १९ मङ्सिर २०७९, १३ : १५
सोमबार, १९ मङ्सिर २०७९

‘छक्का पन्जा ४’ १९ फागुन प्रदर्शन मिति तय भएको फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गएपनि फिल्मको केही छायांकन भने बाँकी नै छ । त्यसैले निर्माण युनिट अहिले छायांकन सकाउने तयारीमा छ ।

बाँकी छायांकनसँग फिल्मको चित्त नबुझेका केही दृश्य पनि छायांकन छिट्टै हुने निर्माण युनिटले जनाएको छ । फिलमका निर्देशक हेमराज वीसी हुन् ।  दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत मुख्य भूमिकामा रहेको फिल्मले बक्स अफिसमा रेकर्ड ब्रेकको कमाई गर्ने अपेक्षा गरिएको छ । यसपटक पहिले भन्दा केही यूनिक कथा उठाएको निर्माणपक्षले बताउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप