बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेको इन्स्योरेन्सले यस वर्षपनि १५ प्रतिशत बोनस सेयर दिने

सोमबार, १९ मङ्सिर २०७९, १२ : २६
सोमबार, १९ मङ्सिर २०७९

नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगदसहित १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ । कम्पनीले गत वर्ष पनि १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप