देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित (नामावलीसहित)
मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
यस्तै प्रदेशतर्फ १२ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मधेस प्रदेशमा ६ जना, गण्डकीमा १ जना, लुम्बिनीमा ३ जना निर्वाचित भएका छन् । यस्तै कर्णाली र सुदूरपश्चिममा पनि १–१ जना निर्वाचित भएका छन् ।
प्रतिनिधिसभातर्फ मोरङ १ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेश कुमार सिंह, रौतहट २ बाट किरण कुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी निर्वाचित भएका छन् ।
यसैगरी प्रदेशतर्फ मधेस प्रदेशसभामा अनिरुद्ध कुमार सिंह, सुरिता कुमारी साह, जवाहर लाल कुशवाहा, केशव राय, शारदा शंकर प्रसाद कलवार र प्रमोद कुमार जयसवाल निर्वाचित भएका छन् ।
यसैगरी गण्डकी प्रदेशसभा सदस्यमा स्वतन्त्रबाटै राजीव गुरुङ निर्वाचित हुँदा लुम्बिनी प्रदेशमा सुरुल पुन, दीपेन्द्र कुमार पुन मगर र खड्ग बस्नेत निर्वाचित भएका छन् । यस्तै कर्णाली प्रदेशसभामा देवेन्द्र बहादुर शाही र सुदूरपश्चिम प्रदेशसभा सदस्यमा तारा प्रसाद जोशी निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना