शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘डेसान’ सेन्सर पास

सोमबार, १९ मङ्सिर २०७९, ११ : ५२
सोमबार, १९ मङ्सिर २०७९

फिल्म ‘डेसान’ सेन्सर पास भएको छ । आइतबार चलचित्र सेन्सर बोडले फिल्मलाई हेर्दै सबैले हेर्न मिल्ने ‘युनिभर्सल  प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो । निर्देशक कमल एक्चै मगरले फिल्म सेन्सर पास भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले सेन्सर पास भएको प्रमाण पत्रका साथ लेखका छन्, ‘युनिभर्सल प्रमाण पत्रका लागि सेन्सर बोर्डप्रति अभारी छौं ।’

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नवअभिनेता, अभिनेत्रीद्वय निशान चौहान र पुनम थापाको मुख्य भूमिका रहेको फिल्ममा भोला सापकोटा, नम्रता सापकोटा,कविता आले,आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारुमगर लगायतको अभिनय समेत देख्न सकिन्छ ।

पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथामा बनेको यो फिल्म पर्फमिङ आर्ट कृयसनको ब्यानरमा कृशाला मगरले बनाएकी हुन् । चक्रबहादुर महर्जनको छायांकन, हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा अजय स्याङतेनको कोरियोग्राफी रहेको फिल्मको वितरण एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप