बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सशस्त्रका ३ जना एसपीमाथि छानबिन

सोमबार, १९ मङ्सिर २०७९, १७ : ०८
सोमबार, १९ मङ्सिर २०७९

सशस्त्र प्रहरी बलका ३ जना उपरीक्षक (एसपी)माथि छानबिन सुरु गरिएको छ । बारा, पर्सा र पश्चिम नवलपरासीमा कार्यरत एसपीहरूलाई छानबिनका लागी सशस्त्र प्रहरी बलले मुख्यालयमा झिकाएको छ । १२ नम्बर गण हेडक्वार्टर बाराका गणपति राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टर पर्साका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर नवलपरासी पश्चिमका प्रमुख रुपकुमार क्षेत्रीलाई प्रधान कार्यालयमा फिर्ता बोलाएको छ ।

केही कुरा बुझ्नुपर्ने भएको हुनाले ३ जना एसपीलाई प्रधान कार्यालयमा बोलाएको सशस्त्र प्रहरीका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । मुख्यालयले छानबिनका लागी डाकेका ३ जना एसपी सिसम–२ का ब्याचमेट हुन् । प्रधान कार्यालयबाट छडके निरीक्षणमा खटिएको टोलीले त्रुटी औंल्याएर प्रतिवेदन दिएसँगै उनीहरू छानबिनमा तानिएका हुन् ।

छानबिन गर्दा त्रुटी प्रमाणित भए उनीहरूमाथि कारबाही हुनेछ । त्रुटी प्रमाणित नभए कार्यरत दरबन्दीमा फिर्ता पठाइने बताइएको छ । केही दिनअघि सशस्त्र मुख्यालयले एसपी टाेपबहादुर डाँगी र उद्धव रावल नेतृत्वको छुट्टाछुट्टै मार्सल टोली विभिन्न जिल्लामा छड्के पठाएको थियो । सो टोलीले बारा, पर्सा र नवलपरासी पश्चिमका गणपतिहरूले आर्थिक अनियमितता गरिरहेको र तस्करीलाई प्रश्रय दिएको प्रतिवेदन मुख्यालयमा बुझाएका थिए । सशस्त्र प्रहरीले समय समयमा गोप्य टोली पठाएर छड्के निरीक्षण गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप