नवौँ विश्व माटो दिवस मनाइयो
‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी नवौँ विश्व दिवस मनाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका कृषि विभागले सोमवार सो अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रममा कृषि र माटोसँग सरोकार राख्नेहरूले माटोको विषयमा आफ्नो धारणा राखेका छन् ।
प्रभातफेरीपछि आयोजना गरेको मूल समारोह कार्यक्रममा कृषि मन्त्रालयको पशुपन्छी तर्फका सचिव डा. दीपक खरालले माटो किसान र कृषिसँग सम्बन्धित रहेको हुनाले यसको स्वच्छतातर्फ ध्यान दिनका लागि सम्बन्धित सरोकारवालालाई आग्रह गरे । कृषिका लागि मुख्य माटो नै हो यसको संरक्षण, सम्वर्द्धनमा ध्यान दिनु पर्ने बताउँदै उनले माटोको विषयमा अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताए । माटोको गुणस्तर दिनदिनै ह्रास भइरहेकोले त्यसलाई कसरी जोगाउन सकिन्छ त्यसको बारे सबैले सोच्नु पर्ने उनले धारणा राखेका थिए ।
सो कार्यक्रममा चित्रकाला प्रदर्शनी समेत गरिएको थियो । उत्कृष्ट तीनवटा चित्रकालालाई पुरस्कृत समेत गरेको छ । माटो वैज्ञानिक डा.नवीन रावल, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा.रामकृष्ण श्रेष्ठ, आस्था वैज्ञानिक अनुसन्धान सेवा प्रालिका अमृत आचार्यलगायतले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा