शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यु १९ क्रिकेट: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

सोमबार, १९ मङ्सिर २०७९, ०९ : ०९
सोमबार, १९ मङ्सिर २०७९

काठमाडौँमा जारी यु १९ क्रिकेटमा आज फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदैछ । उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम प्रदशबीच प्रतिस्पर्धा हुँदैछ । 

समूह चरणको खेलमा अपराजित रहँदै सुदूरपश्चिम फाइनल पुगेको हो भने डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनलको यात्रा तय गरेको हो । लुम्बिनी र सुदूरपश्चिमबीचको गत वर्षको फाइनल खेल लुम्बिनीले १ सय १३ रनले जितेको थियो । यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदूरपश्चिमसँग १ सय रनले पराजित भएको थियो । 

प्रतियोगितामा प्रदेश–१, मधेस प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप