धरौटी राख्ने सम्पत्ति नहुँदा पेट्रोलियम पाइपलाइनको काम अलपत्र
नेपाल आयल निगमसँग बैंक धरौटी राख्ने भौतिक सम्पत्ति नहुँदा अम्लेखगञ्ज–बरौनी पेट्रोलियम पाइपलाइनको काम ४ महिनादेखि अलपत्र अवस्थामा छ ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) लाई २९ अर्ब रुपैयाँ तिनुपर्ने छ । निगमले सो रकम बुझाउन नसक्ने र बैंक ग्यारेन्टी राख्न भौतिक सम्पत्ति समेत नहुँदा पाइपलाइनबाट पेट्रोल ल्याउने योजना अलपत्र भएको हो ।
निगमले पेट्रोल भण्डारणका लागि २ वटा ४१ लाख लिटरको ट्याङ्कीसहित प्राविधिक उपकरण खरिदका लागि तत्काल २ अर्ब ५० करोड रकम आवश्यक पर्ने जनाएको छ । तर निगमसँग सो रकम नहुँदा दोस्रो चरण अन्तर्गत पेट्रोलियम पाइपलाइनको काम सुरु हुन सकेको छैन ।
यसअघि निगमले पहिलो चरणमा ३ वर्षअघि २०७६ भदौ २४ गतेदेखि भारतको बरौनीदेखि बाराको अम्लेखगञ्जसम्म पाइपलाइनबाट डिजल ल्याउने गरेको छ । आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले सन् २०२४ जनवरीसम्म पाइपलाइनबाट पेट्रोल ल्याउने लक्ष्य भए पनि आईओसीलाई बुझाउने नगद रकम अथवा धरौटी राख्ने सम्पत्ति नहुँदा काममा ढिलाइ भएको बताए ।
यादवले भने, ‘दोस्रो चरणको काम सम्पन्न भए पाइपलाइनबाट पेट्रोल आयात हुँदा निगमको ईन्धन खर्च र ढुवानी भाडा बापत मात्रै प्रतिमहिना १५ करोड बचत हुन्छ ।’
भारतको बरौनीदेखि अम्लेखगञ्जसम्म पेट्रोल ढुवानी गर्दा प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ खर्च हुन्छ भने पाइपलाइनबाट ल्याउन सके प्रतिलिटर ५० पैसामात्रै खर्च हुने निगमले जनाएको छ ।
‘दोस्रो चरणको काम जति ढिलो भइरहेको छ, त्यति निगमलाई घाटा छ, भण्डारण गर्ने ट्याङ्की नहुँदा पाइपलाइन पनि पूर्ण रूपमा प्रयोग गर्न सकिएको छैन,’ यादवले भने ।
दोस्रो चरणको कामको लागि नेपाल आयल निगमले १ वर्ष अघि भारतीय आयल निगमलाई भारु.७६ करोड रुपैयाँ दिइसकेको छ । सो रकम बुझाएपछि ११ वटा टेन्डरहरू सार्वजनिक भइसकेको र त्यसमध्ये ८ वटा टेन्डरमा काम पनि सुरु भइसकेको छ । तर बाँकी कामका लागि निगमले आईओसीलाई रकम बुझाउन नसक्दा योजना अगाडि बढ्न सकेको छैन ।
दोस्रो चरणमा के के काम हुन्छ ?
निगमको अम्लेखगञ्ज डिपोसँग डिजल भण्डारणका लागि अहिले ४५ लाख लिटरको ४ वटा ट्याङ्की मात्रै छ । तर पाइपलाइनबाट प्रतिघन्टा औसतमा २ लाख ५० हजार लिटर डिजल आउँदा भण्डारण गर्ने पर्याप्त ट्याङ्की नहुँदा समस्या भएको अम्लेखगञ्ज डिपो प्रमुख यादवले जनाए ।
पाइपलाइनको दोस्रो चरणको काम अन्र्तगत ४१ लाख लिटरको २ वटा पेट्रोलको ट्याङ्की, एउटा ल्याबोटरी, २४ वटा प्लेट, फायर फाईटिङ्गको लागि फायर वाटर ट्याङ्की निर्माण हुनेछन् । डिजल पाइपलाइनबाट आए पनि निगमले मट्टितेल र पेट्रोल भने ट्याङ्कर मार्फत ल्याउने गर्दछ ।
अम्लेखगञ्जदेखि २५० किलोमिटर टाढा भारतको बरौनी पुगेर पेट्रोल ल्याउँदा प्रतिट्याङ्कर २० हजार लिटर पेट्रोलका लागि ४ सय लिटर डिजल खर्च हुने निगमले जनाएको छ ।
साथै पेट्रोल लिनका लागि बरौनी पुगेका नेपाली गाडीहरूले भारतीय दूतावास, बिहार सरकारको अनुमति लिनुपर्ने, अनेकन शुल्क, सवारी चालक र सहयोगीको खानेबस्ने खर्चका कारण सवारी धनीको मात्रै दैनिक ५ हजार खर्च हुने निगमले जनाएको छ । तेल उडेर जाने, तेल अभाव हुने लगायतका समस्या समाधानका लागि पनि पाइपलाइनबाट तेल ल्याउन सके खर्च धेरै कम हुने यादवको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
हामीले पनि एमालेले जस्तै सडकमा मञ्च बनाएर सभा गर्न पाउनुपर्छ : प्रभु साह