बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काजल अग्रवालदेखि तमन्नासम्म, यस्तो ७ साउथ अभिनेत्रीको अध्ययन

सोमबार, १९ मङ्सिर २०७९, ०६ : २६
सोमबार, १९ मङ्सिर २०७९

पछिल्लो समय बलिउडभन्दा साउथ (दक्षिण भारतीय) फिल्मको व्यवसाय राम्रो भइरहेको छ । त्यसैले पनि बलिउड स्टारको समेत साउथ फिल्म तर्फ आकर्षण बढ्दो छ । साउथमै पनि थुप्रै अभिनेता अभिनेत्री छन् ।

जसको फ्यान संसारभर देख्न सकिन्छ । साउथका अभिनेत्रीहरु अभिनयका माध्यमले फ्यानको ध्यान आफू तर्फ आकर्षण गर्न सफल छन् । अभिनयमा मात्र होइन, साउथ अभिनेत्री अध्ययनमा पनि अब्बल छन् । साउथका चर्चित ७ अभिनेत्रीको यस्तो छ अध्ययन ।

काजल अग्रवाल :

साउथ फिल्मसँगै बलिउडमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्री काजल अग्रवाल आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छिन् । यससँगै उनी पढाइमा पनि अगाडि छन् । उनले मार्केटिङ र एडभर्टाइजिङमा स्नातक गरेकी छन् ।

अनुष्का शेट्टी :

फिल्म बाहुबलीकी अभिनेत्री अनुष्का शेट्टी बलिउड फिल्मकी पनि लोकप्रिय अभिनेत्री छिन् । अहिलेको लागि पढाइको कुरा गर्दा अभिनेत्रीले कम्प्युटर एप्लिकेसनमा स्नातक गरेकी छिन् । उनी व्यवसायमा पनि आबद्ध छिन् । 

पूजा हेगडे :

पूजा हेगडे साउथको अलवा बलिउडमा पनि चर्चित छिन् । उनी पछिल्लो समय फिल्म ‘सर्कस’ को प्रमोशनमा व्यस्त छिन् । पढाइको कुरा गर्दा, पूजा हेगडेले एमएमके कलेजबाट वाणिज्यमा स्नातक गरेकी छिन् ।

सामन्था रुथ प्रभु

 तमिल फिल्मकी हिट अभिनेत्री सामन्था रुथ प्रभुले धेरै सुपरहिट फिल्म दिएकी छन् । उनले तमिल फिल्महरूका लागि फिल्मफेयर र नन्दी अवार्डहरू पनि जितेकी छिन् । यतिबेला उनी आफ्नो फिल्म ‘यशोदा’को काममा व्यस्त छिन् । उनले चेन्नईको स्टेला मारिस कलेजबाट वाणिज्यमा स्नातक गरेकी छन् । 

तमन्ना भाटिया :

 दक्षिण भारतकी ‘मिल्की ब्यूटी’ भनेर चिनिने तमन्ना भाटिया पनि टलिउडमा मात्र नभई बलिउडमा पनि आफ्नो पहिचान बनाउन सफल छिन् ।  महाराष्ट्रमा जन्मिएकी तमन्ना भाटियाले नेसनल कलेजबाट बीए गरेकी छिन् ।

नयनतारा 

अभिनेत्री नयनतारा साउथकी शीर्ष अभिनेत्रीमा गनिन्छिन् । कयौं सुपरहिट फिल्ममा आफ्नो उत्कृष्ट अभिनयले छाप छोडेकी नयनताराले मार्ट होम कलेज, तिरुभल्लाबाट अंग्रेजी साहित्यमा स्नातक गरेकी छिन् ।

रकुल प्रीत सिंह :

 रकुल प्रीत सिंह साउथकी चर्चित अभिनेत्री हुन् । उनले बलिउडमा पनि आफ्नो छाप छोडेकी छिन् । अध्ययनको कुरा गर्ने हो भने रकुलले गणितमा स्नातक गरेकी छिन् ।

–अमर उज्याला
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप