शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

निगमको एक महिनामा एक अर्ब १७ करोड नाफा

सोमबार, १९ मङ्सिर २०७९, ०६ : १७
सोमबार, १९ मङ्सिर २०७९

अन्तर्राष्ट्रिय  बजारमा  पेट्रोलियम  पदार्थको  मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ । हाल  पेट्रोलमा  प्रतिलिटरमा  १३  रुपियाँ  १६  पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपियाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुपियाँ १६ पैसा नाफा रहेको छ ।

निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा छ । इन्धनमा लगाइएको उच्च करका कारण पनि उपभोक्ता मूल्य महँगो पर्न गएको छ । प्रतिलिटर पेट्रोलको खरिद मूल्य र अन्य लागत गरी १६७ रुपियाँ  ८४  पैसा  रहेको  छ  ।  यसमा  विभिन्न  शीर्षकमा लिइएको ६३ रुपियाँ ८८ पैसा कर पनि जोडिएको छ । यस्तै  प्रतिलिटर  डिजेलको  कुल  लागत  मूल्य  १७७  रुपियाँ  ४७  पैसा  (४८  रुपियाँ  ३० पैसा करसहित) र हवाई इन्धन लागत मूल्य १४७ रुपियाँ ८४ पैसा रहेको छ । ग्यास प्रतिसिलिन्डर २०७७ रुपियाँ खरिद र लागत मूल्य रहेको निगमले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप