पत्रपत्रिका
मल गोदाममा थुप्रियो, किसानले पाएनन्
सोमबार, १९ मङ्सिर २०७९, ०५ : ५२
खेतबारीमा हाल्नुपर्ने रासायनिक मल सरकारी गोदाममै थन्किएपछि अधिकांश किसानले मलविना नै हिउँदे बाली लगाएका छन् । मल वितरण गर्ने कोटा प्रणाली प्रभावकारी नहुँदा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका गोदाम यतिबेला रासायनिक मलले भरिभराउ छन् । तर, देशका सबैतिरका किसानले आवश्यक मात्रामा मल पाउन सकेका छैनन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यतिबेला कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा युरिया, डीएपी, पोटाससहित ३५ हजार ४ सय ४९ मेट्रिक टन रासायनिक मल मौज्दात छ । साल्ट ट्रेडिङसँग ७ हजार ५ सय ३४ टन छ । यसबाहेक भारतबाट जीटुजी सम्झौतामा ल्याउन लागिएको ३० हजार मेट्रिक टन युरिया र ग्लोबल टेन्डरको मलसहित करीब ४५ हजार मेट्रिक टन युरिया आयातको पाइपलाइनमा छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)