बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्स क्वाटरफाइनलमा, जिरुको कीर्तिमान–एम्बाप्पेको दुई गोल

आइतबार, १८ मङ्सिर २०७९, २२ : ४७
आइतबार, १८ मङ्सिर २०७९

पोल्याण्डलाई हराउँदै फ्रान्स कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  आइतबार राति भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । 

अल थुमाम स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै ओलिभरले एक गोल गरे । पोल्याण्डका लागि रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए ।  खेलको ४४ औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् । जिरुको यो फ्रान्सका लागि कीर्तिमानी गोल हो । 

उनले फ्रान्स राष्ट्रिय टोलीका लागि हालसम्मकै सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।  उनले फ्रान्सका लागि ५२ गोल गरे । उनी अघि थिएरी हेनरीको नाममा सर्वाधिक ५१ गोल गर्ने खेलाडीको कीर्तिमान थियो । 
फ्रान्सका लागि खेलको ७४औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए । 

खेलका इन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलसँगै जित नजिक लिए ।  खेलको इन्जुरी समयमा नै लेवान्डोस्कीले गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा ल्याए पनिट पोल्यान्ड ३–१ गोलले पराजित भयो । अब फ्रान्सले आज राति हुने इङ्ल्यान्ड र सनेगलबीचको विजेतासँग क्वटारफाइनलमा खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप