मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

आनन अच्युतको ‘ढल्किएको आकाश’ सार्वजनिक

आइतबार, १८ मङ्सिर २०७९, २० : १५
आइतबार, १८ मङ्सिर २०७९

उपन्यासकार आनन अच्युतको तेस्रो कृति ढल्किएको आकाश शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको छ । नायक आर्यन सिग्देल, साहित्यकार गोविन्द गिरी प्रेरणा, देवनाथ न्यौपाने, रामचन्द्र सिग्देल, पुरुषोत्तम न्यौपाने, सिताराम ढकाल, फिल्म निर्देशक दिनेश राउत र लेखक स्वयम् आनन अच्युतले पुस्तकको संयुक्त विमोचन गरेका थिए । 

‘कथामा यौन छ । प्रकृति छ । समाज छ । समाजका मानिसहरूका कथा, व्यथा छन् । परदेशमा बसेर लेखकले नेपाली समाज छाम्ने राम्रो प्रयत्न गरेका छन् ।’ समीक्षक बोधराज पौडेलको टिप्पणी थियो । त्यस्तै अर्का समीक्षक पुरुषोत्तम न्यौपानेले लेखकको लेखन शैली सुन्दर रहेको धारणा राखे । कथा लेखनमा लेखकले केही नयाँ प्रयोग पनि गरेको प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले जानकारी दिए ।

बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त कथा सङ्ग्रहमा १४ वटा कथा समाविष्ट गरिएको छ । १९२ पृष्ठको उक्त पुस्तकको बजार मूल्य ३७५ रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप