शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै

आइतबार, १८ मङ्सिर २०७९, १९ : ४८
आइतबार, १८ मङ्सिर २०७९

तेह्रौँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ । मङ्सिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्वेता कपालीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

राजेशबाबु श्रेष्ठको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, अफिसियलमा राजेश उपाध्याय र निर्णायकमा दिनेश श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव अन्जन धमलाले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप