शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डीएभीमा तीन दिने न्युरो इनक्लुजन प्रशिक्षण एवम् कार्यशाला गोष्ठी सुरु

आइतबार, १८ मङ्सिर २०७९, १९ : २०
आइतबार, १८ मङ्सिर २०७९

डी.ए.भी. विद्यालयले शिक्षकहरूलाई लक्षित गर्दै तीन दिने न्युरो इनक्लुजन प्रशिक्षण एवं कार्यशाला गोष्ठी शुक्रबार सुरु गरेको छ । उक्त प्रशिक्षण लगातार तीन दिन सम्म सञ्चालन रहने छ ।

विश्वको जनसङ्ख्याको २० प्रतिशत हिस्सा न्युरो डाइभरजेन्ट रहेको र उनीहरुको शिक्षण फरक ढङ्गबाट हुनुपर्ने मान्यता न्यूरोडाइभरजेन्ट विद्वानहरूको रहेको छ । सोही अनुसार मुख्य प्रशिक्षक जोएल एस. गोडीले न्युरो डाइभरजेन्ट विद्यार्थीहरूको पहिचान, उनीहरूलाई आवश्यक पर्ने शिक्षण विधि र प्रोत्साहन लगायतका विषय प्रस्तुत गरे । 

विश्वमा स्थापित शैक्षिक प्रणालीले बहुमत जनसङ्ख्याको आवश्यकतालाई सम्बोधन गर्न सफल भए पनि न्यूरोइनक्लुजन धारणा विकसित राष्ट्रमा समेत नौलो रहेको फ्रान्सेली प्रशिक्षक क्याथेरिन गुईमार्डले बताइन् । उनले नेपालमा यस विषयप्रति चासो रहनु निकै खुशीको खबर समेत रहेको बताइन् ।

डी.ए.भी. विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले विद्यालयमा हरेक विद्यार्थीहरू खुसीका साथ पढ्ने अवसर पाउनुपर्ने मत आफूले राख्दै आएको र न्यूरोइनक्लुजन अवधारणाले विद्यार्थीहरूको अन्तर्निहित क्षमता प्रस्फुटन गराउन सहयोग पुग्नेमा विश्वस्त थिइन्  । ‘हरेक विद्यार्थीले शिक्षकको मनमस्तिष्कमा रहेको अनुभूति गर्न सक्नुपर्छ,’ डा.रावले भनिन् । 

एक कदम अगाडि बढ्दै उनले अभिभावकहरूलाई समेत यस विषयमा प्रशिक्षण गर्न सके आफ्ना सन्तानको अभिभावकत्व कुशल ढङ्गबाट हुन सक्ने बिचार राखिन् । 

डी.ए.भी. विद्यालयका अध्यक्ष  अनिल केडियाले सम्पूर्ण सहभागीहरूलाई तीन दिने प्रशिक्षणको शुभकामना दिँदै यस अवधारणाले नेपालमा शैक्षिक जागरण ल्याउन सफल हुनेमा विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप