शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकन एम्बेसी यूथ काउन्सिलको ‘अपस्किल प्रोजेक्ट’ सम्पन्न

आइतबार, १८ मङ्सिर २०७९, १८ : ५६
आइतबार, १८ मङ्सिर २०७९

अमेरिकन एम्बेसी यूथ काउन्सिल नेपालको आयोजनामा मङ्सिर १० गतेदेखि दाङमा सुरु भएको ‘अपस्किल’ प्रोजेक्ट आइतबार सम्पन्न भएको छ । आठ दिनसम्म सञ्चालन भएको उक्त प्रोजेक्टले दाङको तुलसीपुरस्थित मेट्रो कलेजका विद्यार्थीहरूलाई अतिरिक्त सीप (ट्रेनिङ) प्रदान गरेको छ । ट्रेनिङबाट ७० जना विद्यार्थी लाभान्वित भएका अपस्किल प्रोजेक्टका संयोजक कुलदीप चौधरीले जानकारी दिए ।

मङ्सिर १० गतेदेखि सुरु भएको ट्रेनिङको दोस्रो दिन अर्थात् मङ्सिर ११ गते ट्रेनेर धमन बस्नेतले विद्यार्थीहरूलाई ‘लक्ष्य निर्धारण’ सम्बन्धी तालिम दिएका थिए । जहाँ विद्यार्थीहरूलाई आफ्नो लक्ष्य कसरी निर्धारण गर्नेबारे सिकाइएको थियो ।

यस्तै, तेस्रो दिन १२ गते कुलदीप चौधरीले ‘प्रभावकारी प्रस्तुतीकरण’का बारेमा विद्यार्थीलाई ट्रेनिङ दिएका थिए भने चौथो दिन ‘नेतृत्व विकास’का लागि सन्दीप भुसालले प्रस्तुति दिएका थिए । यसैगरी, पाँचौं दिन ‘रेज्युम लेखन’का लागि समय खड्का र छैटौं दिन ‘अन्तर्वार्ता’का लागि सम्पदा दाहालले तालिम दिएकी थिइन् ।

यस्तै, सातौँ दिन ‘डिप्लोमा इन फरेष्टी’का लागि दाङका सहायक वन अधिकृत खिमबहादुर केसी, ‘डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ’का लागि दाङको जयमाता दी स्यानिटरी उद्योगका सञ्चालक प्रशान्त जिसी, ‘डिप्लोमा इन इलेक्ट्रिकल एण्ड इलेक्टोनिक्स इन्जिनियरिङ’का लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका अनुगमन अधिकृत अविनाश अमर र ‘डिप्लोमा इन फुड एण्ड डेरी एग्रीकल्चर’का लागि प्रशिद्धि एग्रो प्रोसेसिङ प्रालि तथा साकार सौरभ डेरीका सञ्चालक रेशम खड्काले तालिम दिएका थिए ।​ तालिमपश्चात् विद्यार्थीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप