शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बन्यो टापका लागि एक्जिम बैंकसँग साझेदार गर्ने नेपालको पहिलो बैंक

आइतबार, १८ मङ्सिर २०७९, १७ : ४९
आइतबार, १८ मङ्सिर २०७९

नबिल बैंकले पहिलो पटक नेपालका तर्फबाट व्यापार सहायता कार्यक्रम (ट्याप) अन्तर्गत भारतको निर्यात आयात (एक्जिम) बैँकसँग सम्झौता गरेको छ । हालैमात्र बैंकले एक्जिम बैंकमार्फत नेपालका लागि निर्यात आयातको अनबोर्ड गर्ने अधिकार पाएको हो । 

कडा जोखिम समीक्षापछि, भारत एक्जिम बैंकले व्यापार सहायता कार्यक्रम अन्तर्गत नबिल बैंकलाई सुविधा स्वीकृत गरेको बैंकले जनाएको छ । बैंकका अनुसार यो साझेदारीले नेपाल र भारतबीचको बढ्दो व्यापारलाई सहज बनाउने र नेपाल र भारत बीचको बढ्दो आर्थिक संलग्नतालाई थप सुदृढ गर्नेछ ।

व्यवस्था अन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तान दायित्वको समर्थनमा भारतको लेटर अफ क्रेडिट (एलसी) स्वीकार गर्ने बैंकलाई भुक्तानी ग्यारेन्टी जारी गर्नेछ । जसले भारतका वाणिज्य बैंक/वित्तीय संस्थाहरूको सहकायलाई थप वृद्धि गरी सीमापार व्यापारिक लेनदेनहरूलाई सहज तुल्याउनेछ । 

बैंकका अनुसार नबिलले नेपालको व्यापारलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयासमा योगदान पुर्याउँदै साझेदार देशहरूसँग नेपालको अन्तर्राष्ट्रिय व्यापार र लगानी सम्बन्धलाई सहज बनाउन एक प्रमुख भूमिकामा उभ्याउनेछ । यसबाहेक, टाप अन्तर्गत एक्जिम बैँकसँगको नबिलको साझेदारी नेपाली बैंकिङ क्षेत्रको विश्वव्यापीकरणतर्फ अर्को कोसेढुङ्गा बन्ने विश्वास लिइएको छ ।

भारत एक्जिम बैंक भारत सरकारको पूर्ण स्वामित्वमा रहेको निर्यात र आयात वित्त पोषणमा संलग्न संस्थाहरूको कामको समन्वय गर्ने प्रमुख वित्तीय संस्था हो । यसले वर्षौंदेखि भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवर्द्धन, वित्त पोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको एकीकरणलाई सहज बनाउन उत्प्रेरकको भूमिका खेलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप