शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले भन्यो– गठबन्धनको विकल्पमा पार्टीले सोचिसकेको छैन

आइतबार, १८ मङ्सिर २०७९, १७ : ४१
आइतबार, १८ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रले हाल कायम रहेको सत्ता गठबन्धनकै सरकार बनाउन पार्टीको प्राथमिकता रहने बताएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीले हाल कायम रहेको गठबन्धनको विकल्प खोजिनसकेको स्पष्ट पारे । पार्टी पदाधिकारीको आइतबार सम्पन्न बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गुरुङले पार्टीको बैठकमा सरकारको बारेमा उल्लेखनीय रुपमा विषय प्रवेश नै नगरेको दाबी गरे ।

पार्टीको पदाधिकारी बैठकमा चुनावकै विषयमा छलफल केन्द्रित भएको पनि उनले जिकिर गरे । ‘सरकारका विषयमा छलफल प्रवेश भएको छैन । माओवादीसहितको गठबन्धन भएकाले पहिला गठबन्धन घटकहरुबीच कुराकानी हुने कुरा भयो’, उनले भने, ‘छिट्टै गठबन्धनको बैठक बसेर अघि बढिन्छ ।’

उनले समग्र चुनावी समीक्षा र सरकार निर्माणका सवालमा सत्ता गठबन्धनको बैठक सोमबार बोलाइएको पनि बताए ।  उनले माओवादीले गठबन्धनको विकल्प खोज्ने भनेर शनिबार सञ्चारमाध्यममा आएको भएपनि त्यस्तो अवस्था आइनसकेको बताए ।

‘हिजो कताबाट आयो, त्यो अर्को कुरा हो तरपनि सरकार गठन बारेमा विकल्पहरूमा छलफल सुरु भएकै छैन’, उनले भने, ‘पहिलो कुरा त गठबन्धनमै रहेर छलफल गर्ने कुरा भयो । गठबन्धनमा असहमति पैदा भएको अवस्था होइन ।’ उनले केही कमीकमजोरीका बीच गठबन्धन मूलभूत रुपमा सफल भएको पनि बैठकले निष्कर्ष निकालेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप