बिलबिजक बिनाको गहुँसहितको गाडी प्रहरी नियन्त्रणमा
आइतबार, १८ मङ्सिर २०७९, १७ : २५
रुपन्देहीको भैरहवास्थित सशस्त्र प्रहरी बल २७ नम्बर गणको टोलीले ५५ लाख मूल्य बराबरको बिलबिजक बिनाको गहँुसहित एक गाडीलाई नियन्त्रणमा लिएर भन्सार चलान गरेको छ । उक्त गणबाट गएको सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्टको टोली शनिबार बेलुका ६ बजेको समयमा भारतबाट नेपाल भित्र्याएको बिलबिजक बिनाको १६५ बोरा गहुँ सहितको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको कोटियामाई गाउँपालिका वडा नंं. ३ त्रिलोकपुरस्थित दशगजा इलाकामा लु १ ख ५४८२ नम्बरको ट्रकमा ल्याएको ९९ क्विन्टल गहुँ प्रहरीले समातेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश सिग्देलले जानकारी दिए । पक्राउ परेको गाडीसहितको उक्त गहुँ भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । ट्रक चालक भने गाडी छोडेर भागेको सिग्देलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता
-
सत्ता गठबन्धनमा कुनै समस्या छैन : रवि लामिछाने
-
जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
-
बौद्धबाट पेस्तोलसहित एकजना युवक पक्राउ
-
सामाजिक सञ्जालमा स्वास्थ्य बिमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही
-
सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन